मधेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएर आएका सहसचिव गौतम भोलिपल्टै राजीनामा दिएर काठमाडौं फिर्ता

मधेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएर आएका सहसचिव गौतम भोलिपल्टै राजीनामा दिएर काठमाडौं फिर्ता
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष १०, बुधबार ११:२८
मधेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएर आएका सहसचिव गौतम भोलिपल्टै राजीनामा दिएर काठमाडौं फिर्ता

१० पुस, जनकपुरधाम । केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव दामोदर गौतम अचानक राजीनामा पत्र बुझाएर काठमाडौं फर्किएका छन् ।

गत पुस ४ गते मुख्यमन्त्री कार्यालयमा आएका सहसचिव गौतम भोलिपल्ट पुस ५ गते नै प्रमुख सचिव लोकनाथ पौडेललाई राजीनामा पत्र बुझाउँदै फर्किएका हुन्।

उनले लेखेको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा छ । सो पत्रमा प्रमुख सचिव लोकनाथ पौडेलले तोकसमेत लगाइदिएका छन् ।

उनको राजीनामा सरकारले स्वीकृत भने गरिसकेको छैन । सहसचिवको नियुक्ति, सरुवा, बढुवा र राजीनाको निर्णय केन्द्र सरकारको मन्त्रिपरिषदले गर्ने व्यवस्था छ ।

गत आइतबार बसेको मधेश मन्त्रिपरिषद बैठकले सहसचिव गौतमको पदस्थापन मधेश प्रदेश लोक सेवा आयोग कार्यालय सचिवको रुपमा गरेको छ । तर गौतम पदस्थापन भएको लोक सेवा आयोग कार्यालयमा पनि हाजिर भएका छैनन् ।