पत्रकार महासंघको मतदान सम्पन्न, धनुषामा १३४ जनाले मतदान गरे

पत्रकार महासंघको मतदान सम्पन्न, धनुषामा १३४ जनाले मतदान गरे
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २८, शुक्रबार १७:५१
पत्रकार महासंघको मतदान सम्पन्न, धनुषामा १३४ जनाले मतदान गरे

जनकपुरधाम । नेपाल पत्रकार महासंघको मतदान धनुषा सहित देशभरीको जिल्लामा आ साँझ सम्पन्न भएको छ ।

धनुषाको लागि जनकपुरधाम उद्योग वाणिज्य संघमा भएको मतदान ४ बजेर ५० मिनेटमा सम्पन्न भएको जानकारी निर्वाचन समितिका सदस्य एवं कानुन व्यवसायी राजकुमार महासेठले मोडेल खबरलाई दिनु भएको छ ।

धनुषामा विभिन्न पदका लागि भएको मतदान शान्तिर्पूणरुपमा सम्पन्न भएको छ । मध्यान्ह १२ बजेदेखि ४ बजेर ५० मिनेटसम्म चलेको मतदानमा १सय ३४ जनाले मतदान गरेका छन् । धनुषामा ७ जना अनुपस्थिति रहेका थिए ।

अध्यक्षपदमा पुरन गुप्ता र नित्यानन्द मण्डल बिच प्रतिस्पर्धा रहेको छ । देशका प्रत्येक जिल्लामा जिल्ला समिति, प्रदेश समिति र केन्द्रिय समितिको एकैसंग मतदान भएको छ । धनुषाको मतदान केन्द्रमा प्रदेश र केन्द्रिय कमिटीका लागि १ सय ३३ जनाले मतदान गरेका छन् ।

जिल्ला भन्दा एक मत किन कम भएको त्यसको कारण जिल्लाको मतदान गरी मतदाता सीधै बहिरिन सक्ने हुनसक्छ निर्वाचन समितिका सदस्य महासेठले बताउनुभएको छ ।

आज मतदानस्थलमा बिहानैदेखि भीड रहेको थियो ।