आईजीपी वसन्त कुँवरलाई मानवअधिकार आयोगले बोलायो

आईजीपी वसन्त कुँवरलाई मानवअधिकार आयोगले बोलायो
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २४, सोमबार १४:०२
आईजीपी वसन्त कुँवरलाई मानवअधिकार आयोगले बोलायो

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगका सह प्रवक्ता श्यामबाबु काफ्लेले बताए । उनले भने-‘उहाँलाई आज छलफलका लागी बोलाइएको हो ।’

मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो । लामिछानेलाई अमानविय व्यवहार गरेको भनेर सर्वत्र आलोचना भइरहेको छ । त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको छ ।