कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर १७, सोमबार १४:४९
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडाैं, १७ मंसीर । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चार दिने चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ताेकेका हुन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

गत असोजमा प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहँदा पनि प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।