फेटामा जनमत पार्टीले गर्यो सडक ढलानको शिलान्यास

फेटामा जनमत पार्टीले गर्यो सडक ढलानको शिलान्यास
देबेन्द्र यादव देबेन्द्र यादव २०८२ बैशाख १८, बिहीबार २०:४९
फेटामा जनमत पार्टीले गर्यो सडक ढलानको शिलान्यास

बारा, १८ बैशाख / बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर ४ बतरा टोलमा जनमत पार्टीले सडक ढलानको शिलान्यास गरेको छ । मधेस प्रदेश सरकारको सडक ढलान योजना अन्तर्गत जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले सडक ढलानको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयर उम्मेदवार उमेश दुबे, कार्यकारणी सदस्य ओम साह, मधेस प्रदेशका उपाध्यक्ष सन्तोष पटेल, जिल्ला सदस्य, बिधान्चल यादव, कलैया नगर अध्यक्ष राजदेव ठाकुर, फेटा गाउपालिका अध्यक्ष नवल पटेल, फेटा गाउपालिका युवा जनमत संघका अध्यक्ष शेसनाथ यादव, बिश्रामपुर गाउपालिका अध्यक्ष नजबुल्लाह आलम लगायतको उपस्थित रहेको थियो । शिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयरको उम्मेदवार उमेश दुबे प्रति स्थानीयहरूले चौतर्फी प्रशन्सा गरेका थियो ।