बदमासी गरे कारवाही गर्नबाट पछि नहटने डिआइजी धौवजी  का कडा निर्देशन

बदमासी गरे कारवाही गर्नबाट पछि नहटने डिआइजी धौवजी  का कडा निर्देशन
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ २०, आईतवार ०९:४७
बदमासी गरे कारवाही गर्नबाट पछि नहटने डिआइजी धौवजी  का कडा निर्देशन

बारा, २० माघ / सीमा नाकाबाट अबैध क्रियाकलाप गर्ने तस्करहरू सङ्ग कुनै किसिमको साटघाट गर्ने सशस्त्र प्रहरीका कर्मचारीलाइ कारवाही गर्ने सशस्त्र प्रहरीका डिआइजी कालिदास धौवजि ले बताएका छन । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिणी बर्दिवासका प्रमुख डिआइजी कालिदास दौवजुले यस दैनिक सङ्ग कुरा गर्दै मधेस प्रदेशको कुनै जिल्लाको सीमा नाकाहरूबाट तस्करी गर्ने गिरोह सङ्ग आफ्नो मिलोमतो नरहेको र तस्कर सङ्ग साटघाट अर्थात मिलोमतो गर्ने प्रहरीलाई कारवाही गर्नबाट पछि नहटने बताएका हुन ।

पर्सा, बारा, रौतहट लगायत मधेस प्रदेशका सीमा नाका स्थित सबै बिओपी, प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुखहरूलाइ कडा निर्देशन दिएको बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशन विपरित कार्य कसैलाइ गर्न छुट नभएको र त्यसतो किसिमको लापरबाही र साटघाट गर्ने प्रहरीलाई कारवाही गरिने बताउनु भएको हो ।

नेपाल र भारतको खुल्ला सीमा नाका भएकोले सशस्त्र प्रहरीको लागि चुनौतीपूर्ण बिषय रहेपनी आफ्नो पेशामा इमान्दारीता पूर्वक कार्य गर्दै जाने सबै कमान्डरलाइ सुझाएका थिए । उनका अनुसार सीमाबाट पूर्णरूपले तस्करी रोकिन नसकिने भएपनी आफ्नो पेशा प्रती इमान्दार रहि त्यसता गतिविधि गर्नेहरू माथी निगरानी बढाउन निर्देशन दिएको बताए ।