१७ एसपीको सरुवा

१७ एसपीको सरुवा
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ १२, शनिबार १४:२२
१७ एसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले १७ जना एसपीको सरुवा गरेका हुन् । आईजीपीस्तरीय निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा, नक्सालमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मेवारी मानव बेचविखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखामा कार्यरत एसपी गौतम मिश्रले पाएका छन् ।

यस्तै, जिल्ला प्रहरी परिसर, ललितपुरमा कार्यरत एसपी नवरत्न पौडेलको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरी शाखा, पुल्चोकमा र काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा कार्यरत एसपी नरहरि रेग्मीको जिल्ला प्रहरी परिसर, ललितपुरमा सरुवा भएको छ ।

यसैगरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कार्यरत एसपी अपिल राज बोहराको जिल्ला प्रहरी परिसर, काठमाडौंमा सरुवा भएको छ ।