रौतहटमा विभिन्न मुद्दाका १७ फरार प्रतिवादी पक्राउ

रौतहटमा विभिन्न मुद्दाका १७ फरार प्रतिवादी पक्राउ
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ १२, शनिबार १३:२०
रौतहटमा विभिन्न मुद्दाका १७ फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका १७ जनालाई पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको प्रवक्ता दीपक कुमार रायले जानकारी दिए ।