चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण

चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ १२, शनिबार ०८:१७
चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण

सिच्याङ । चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ ।

उक्त उपग्रह लङ मार्च–३बी रकेटबाट राति ११ः३२ बजे प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण केन्द्रका अनुसार उक्त उपग्रह सञ्चार, रेडियो तथा टेलिभिजन र डाटा ट्रान्समिसन सेवाका लागि प्रयोग गरिने छ । यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरणको लागि मञ्चको रूपमा पनि काम गर्नेछ ।

यो प्रक्षेपण लङ मार्च श्रृङ्खला क्यारियर रकेटहरूको ५५८औँ मिसन थियो । रासस/सिन्ह्वा