१८ एसएसपीको सरुवा : काठमाडौंमा अधिकारी, अनुसन्धान कार्यालयमा बस्नेत

१८ एसएसपीको सरुवा : काठमाडौंमा अधिकारी, अनुसन्धान कार्यालयमा बस्नेत
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ १२, शनिबार ०८:१४
१८ एसएसपीको सरुवा : काठमाडौंमा अधिकारी, अनुसन्धान कार्यालयमा बस्नेत

काठमाडौं । जनपथ प्रहरी समूह तर्फका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार सरुवा गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख र अपराध अनुसन्धान कार्यालयका एसएसपीसहित फेरिएका छन् । काठमाडौंमा विश्व अधिकारी, अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेत आएका छन् ।