धनुषाको भडरियामा सशस्त्र प्रहरीको सर्च अभियान, पेस्तोल सहित २ पक्राउ

धनुषाको भडरियामा सशस्त्र प्रहरीको सर्च अभियान, पेस्तोल सहित २ पक्राउ
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ ५, शनिबार १८:१३
धनुषाको भडरियामा सशस्त्र प्रहरीको सर्च अभियान, पेस्तोल सहित २ पक्राउ

जनकपुरधाम । धनुषाको भडरियामा सशस्त्र प्रहरीको सर्च अभियानको क्रममा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ.८ सीतानगर बस्ने तेजेश कुमार महत्तो सहित एक भारतीय नागरिक पनि रहेका छन् ।

धनौजी गा.पा.–४ स्थित भडरियाबाट सहायक पहरी निरीक्षक.रविन्द्र दाहालको टोलीले सर्च गरेका थिए । आज दिउँसो ४ बजेको समयमा भारती नम्बर प्लेटको मोटरसाइकललाई रोक्दा हतियार फेला परेको सशस्त्र प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

वीआर ३२ एडब्बू १८११ नम्बरको मोटरसाइकलबाट दूईजना आइरहेका थिए । भारतको मधुवनी सिलानाथ बरही ग्राम पंचायत वडा नं. ५ बस्ने २१ वर्षिय रुपेश कुमार यादव मोटरसाइकल चलाइरहेका थिए । मोटरसाइकलमा पछाडी सवार धनुषा क्षिरेश्वरनाथ न.पा.८ सीतानगर बस्ने २४ वर्षिय तेजेश कुमार महत्तोको सँगबाट हतियार बरामद भएको छ । प्रहरीका अनुसार ९ एमएमको ब्राउनिङ्ग पेस्तोल थान–१, सोहीको म्यागजिन थान–१, र पेस्तोलमा प्रयोग हुने राउण्ड थान–१ (गोली) सहित पक्राउ गररिएको छ ।

पक्राउ परेका दूबैजना र हतियारलाई आवश्यक कारवाहीको लागि पठाइएको छ । तिनीहरुबाट नेपाली पैतिस सय नगद, भारतीय ८० रुपैया, गाँजा जस्तो देखिने ५ ग्राम, ३ थान मोबाइल, लाइटर,सलाइ पनि बरामद गरिएको छ ।