शहीद रमेश महतोको शालिकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरे माल्यार्पण

शहीद रमेश महतोको शालिकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरे माल्यार्पण
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ ५, शनिबार १४:०२
शहीद रमेश महतोको शालिकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरे माल्यार्पण

जनकपुरधाम । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोसहितका शहीदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गरेका छन् । लहानस्थित शहीद चोकमा रहेको शालिकमा यादवले शनिबार बिहान माल्यार्पण गरेका हुन् । उनीसँगै जसपा उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डललगायतका नेताहरूले पनि माल्यार्पण गरे ।

महतो मधेश आन्दोलनका प्रथम शहीद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । यससँगै आन्दोलन चर्किएको थियो । त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउने गरेको छ ।