शहीदहरुको सम्मानमा मधेस सरकारले १ लाख दीप बाल्ने

शहीदहरुको सम्मानमा मधेस सरकारले १ लाख दीप बाल्ने
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ ५, शनिबार ०७:५४
शहीदहरुको सम्मानमा मधेस सरकारले १ लाख दीप बाल्ने

जनकपुरधाम । बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको छ । माघ ५ गतेका दिन मधेस आन्दोलनको बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले शहीदहरुको परिवारलाई अभिनन्दनका साथै शहीदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गर्न लागेको छ ।

शहीदहरुको बलिदानीकै बलमा नेपाली नागरिकले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पाएको र त्यसको उपभोग गरिरहेकाले शहीदहरुको सम्मानमा शहीद परिवारलाई अभिनन्दन गर्ने कार्यक्रम मधेस सरकारले तय गरेको गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले जानकारी दिए । उनले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा शहीदहरुको सम्मानमा दीप प्रज्वलन समेत गरिने बताए । मन्त्री लेखीले भने ‘शहीदहरुको सम्मानमा १ लाख बढी दीप बाल्ने कार्यक्रम रहेको छ ।’

मन्त्री लेखीले शहीद परिवारका बालबालिकाको पढाई लिखाई, रोजगारीको बाटो सिर्जनाका लागि सीपमूलक कार्यक्रम समेत ल्याउने योजना रहेको बताए । उनले यसकालागि बृहत छलफलका साथै विभिन्न ऐन कानूनको आवश्यक्ता रहेकाले अन्तरकृया तथा छलफल समेत अगाडी बढाइएको बताए ।