सुन-चाँदी दुवैको भाउ बढ्यो

सुन-चाँदी दुवैको भाउ बढ्यो
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष २५, बिहीबार ११:४६
सुन-चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं, पौष २५ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो ।

यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ कायम रहेको थियो ।