टर्कीको हतियार कारखानामा विस्फोट : १३ जनाको मृत्यु

टर्कीको हतियार कारखानामा विस्फोट : १३ जनाको मृत्यु
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष १०, बुधबार १०:१६
टर्कीको हतियार कारखानामा विस्फोट : १३ जनाको मृत्यु

काठमाडौं । टर्कीको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले आपत्कालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताए । सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ । अधिकारीहरूले विस्फोटको कारणबारे पूर्ण अनुसन्धान सुरु गरेका छन् ।

सिन्ह्वा/न्युज एजेन्सी नेपाल