आँगनमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा किशोर पक्राउ

आँगनमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा किशोर पक्राउ
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष ८, सोमबार १९:१८
आँगनमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा किशोर पक्राउ

रौतहट ।  रौतहट चन्द्रपुर नगरपालिका-९ सिंधुरेघाडी निवासी रामकाजी गुरुङले आफ्नै घर आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् ।

गत पुस १ गते बिहान अन्दाजी ४:३० बजेको पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पुस ५ गते चन्द्रपुर नगरपालिका वडा नं.१० छट्टु चौधरीको बाँसघारी भित्र झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाइलकल फेला परेको थियो ।

प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा १९ वर्षीय आयुष चौधरीलाई पक्राउ गरेको छ । उनलाई म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ