राष्ट्रपतिद्वारा पाँचजनालाई विभिन्न देशको राजदूत नियुक्त

राष्ट्रपतिद्वारा पाँचजनालाई विभिन्न देशको राजदूत नियुक्त
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २८, शुक्रबार १२:५८
राष्ट्रपतिद्वारा पाँचजनालाई विभिन्न देशको राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचजनालाई विभिन्न देशको नेपाली राजदूत नियुक्त गरेका छन् ।

 

राष्ट्रपतिले प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाको लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।

 

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई शुक्रबार राजदूत नियुक्त गरेका हुन् ।