दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २७, बिहीबार १५:१९
दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

काठमाण्डौ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको छ।

योभन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै अफवाह फैलाएका थिए । उनको थुनछेक बहस आज हुनेछ ।

प्रसाईंविरुद्ध सङ्गठित अपराधमा पनि अनुसन्धान भइरहेको छ । व्यवसायीलाई धम्क्याएर रकम असुल्न खोजेको आरोपमा उनीसहितका व्यक्तिविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।