एमाले सचिवालय बैठक मङ्सिर २५ मा

एमाले सचिवालय बैठक मङ्सिर २५ मा
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २२, शनिबार ०९:५९
एमाले सचिवालय बैठक मङ्सिर २५ मा

काठमाडौँ, २२ मङ्सिरः नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ ।

पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।