मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय ,मंसिर २३ गतेबाट हुन्छ

मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय ,मंसिर २३ गतेबाट हुन्छ
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर २१, शुक्रबार १६:२५
मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय ,मंसिर २३ गतेबाट हुन्छ

काठमाडौं । नीर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छिन् ।

यसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो ।

निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।

आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।