होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई सरकारले वनायो महत्वाकांक्षी योजना

होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई सरकारले वनायो महत्वाकांक्षी योजना
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर ११, मंगलवार ०९:४८
होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई सरकारले वनायो महत्वाकांक्षी योजना

मङ्सिर, ११ महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ ।

 

महासंघले पर्यटन पर्वद्वन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।

 

पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखेसगैँ पर्यटन विकासमा कोशेढुंगा सावित हुने विस्वास लिईएको छ ।

`मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बेला महत्वाकांक्षी सरकारी कार्यक्रमकोरुपमा राख्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ का संयोजक विकास ठाकुरलाई मुख्यमन्त्रीले  नियुक्त गरेका छन ।´

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले भने । `यो अभियान थप उचाईमा पुग्ने विस्वास लिएका छौ ´

मधेश आफै पनि  तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा रहेको वताउदै सल्लाहकार कर्णले सार्थक परिणामको रूपरेखा वन्नेमा अपेक्षा गरे ।

 

माहासंघका अध्यक्ष हिरा गौतमको संयोजकत्वमा सुरु भएको `घुमौ मधेश, बुझौ मधेश अभियान` अहिलेसम्म मधेशका ४ वटा जिल्लामा सम्पन्न भैइसकेको छ ।

५ बैसाखमा वाराका पर्यटकिय गन्तव्यहरुको पहिचान गरि पर्वद्वन गरेसगैँ सिरहा, महोत्तरी र सर्लाहीका पर्यटकिय क्षेत्रहरुमा अभियान चलाईसकेको महासंघका माहासचिव वैकुण्ठ सापकोटाले जानकारी दिए ।

यस्तै, पकृतिको अभियान महोत्तरीको बर्दिवासस्थित उधोग बाणिज्य संघले नगर क्षेत्रमा ६ महिनासम्म चलाएको थियो ।  घुमेर पहिचान भएका ठाउँहरुलाई संघले एक प्रतिवेदन तयार गरि सरकारका तिनै तहलाई हस्तान्तरण गरिसकेको छ ।