गढीमाई मेलामा करिब ६० प्रकारको मनोरञ्जनका साधन हुन्छ : मनोरञ्जन उपसमिति संयोजक जयसवाल

गढीमाई मेलामा करिब ६० प्रकारको मनोरञ्जनका साधन हुन्छ : मनोरञ्जन उपसमिति संयोजक जयसवाल
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर ८, शनिबार ०९:५४
गढीमाई मेलामा करिब ६० प्रकारको मनोरञ्जनका साधन हुन्छ : मनोरञ्जन उपसमिति संयोजक जयसवाल

मंसिर, ०८ गते । विश्वप्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला मंसिर ०१ गते देखि सुरु भएको छ भने मुल मेला मंसिर १७ गते देखि सुरु हुने छ ।विश्व प्रसिद्ध गढीमाई मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुलाई मध्य नजर गर्दै मनोरञ्जनका अहिले विभिन्न साधनहरु मेलामा धमाधम भित्रीरहेको छ ।

यस बर्षको गढीमाई मेलामा ६० प्रकारको मनोरञ्जनको साधनको ब्यवस्थापन गरिएको मनोरञ्जन उपसमितिका संयोजक गजेन्द्र जयसवालले बताए ।बिश्व प्रसिद्ध गढीमाई मेलालाई भब्य र शभ्य बनाउनको लागि मनोरञ्जन उपसमितिले मनोरञ्जनको साधन भित्रयाउनमा ब्यस्त रहेको संयोजक जयसवालले बताए ।मनोरञ्जन उपसमितिलाई बदनाम पार्नको लागि अहिले केही तत्वहरु झुठो अफवाह फैलाईरहेकोले त्यो अफवाह नलाग्न उनले आग्रह समेत गरे ।

यस बर्षको गढीमाई मेला बढी भन्दा बढी मनोरञ्जनको साधन भित्र्याउनमा मनोरञ्जन उपसमिति लागिपरेको उनले बताए ।मनोरञ्जन उपसमितिले मंसिर १३ गते भित्र करिब ६० प्रकारको मनोरञ्जनका साधन भित्र्याउने पत्रकारहरु संगको कुराकानिमा उनले बताए ।मेलामा आएका कुनै पनि मनोरञ्जनका साधन मेला बाट नगएको र केही ब्यक्तिले मनोरञ्जन उपसमितिलाई बदनाम गर्नको लागि मनोरञ्जनका साधन मेला बाट बाहिरिदै गएको भनेर अफवाह फैलाईरहेकोले त्यसता अफवाहमा कसैलाई नलाग्न उनले आग्रह गरे ।