डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा

डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर ७, शुक्रबार ०९:५४
डीआईजीद्वय गुरुङ र ढकाल एआईजीमा बढुवा

काठमाडौँ, ७ मङ्सिर । सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरुलाई एआईजीमा बढुवा गरेको हो ।गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् ।गृहसचिव नेतृत्वको बढुवा समितिले उनीहरूलाई कात्तिक १५ गते बढुवाका लागि सिफारिस गरेको थियो ।