संसदमा एमाले र माओवादीको नोकझोक

संसदमा एमाले र माओवादीको नोकझोक
हुलाक पाना हुलाक पाना २०८१ भाद्र १२, बुधबार १५:२१
संसदमा एमाले र माओवादीको नोकझोक

१२ भदौ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् ।

डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए । उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो ।

उनले अगाडि भने, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।’

त्यसपछि माओवादी सांसदहरुले आपत्ति जनाए । सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए ।