फेटा गाउपालिकामा क्रिकेट खेलाडी छन तर खेल मैदान छैन ः युवा नेता दुबे

फेटा गाउपालिकामा क्रिकेट खेलाडी छन तर खेल मैदान छैन ः युवा नेता दुबे
देबेन्द्र यादव देबेन्द्र यादव २०८२ जेष्ठ १७, शनिबार २१:२६
फेटा गाउपालिकामा क्रिकेट खेलाडी छन तर खेल मैदान छैन ः युवा नेता दुबे

बारा, १७ जेष्ठ / बाराको फेटा गाउपालिकाको सातवटै वडाहरुमा जिल्ला स्तरी र राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरु रहेपनि खेल मैदानको अभावले पिडामा बस्नु पर्ने बाध्यता रहेको जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले बताउनु भयो । शनिवार फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा आयोजित जगतपुर प्रीमियर लिगको उदघाटन गर्दै केन्द्रिय सदस्य उमेश दुबेले फेटा गाउपालिकाको सातवटै वडाहरुमा राम्रा क्रिकेट खेलाडीहरु अर्थात जिल्लास्तर खेलाडी रहेपनि खेल मैदानको अभावले अभ्यास गर्न नसकेको बतााउनु भयो ।
स्थानीय स्तरदेखि केन्द्रसम्मका सरकारले बारा जिल्लाको बिभिन्न ठाउहरुका खेलाडीहरु संग बिभेद गरेको आरोप लगाउदै समय अनुकुल अनुसार खेल मैदानको निर्माण हुने खेलाडीहरुलाई आश्वासन दिनुभयो । उहाले स्थानीय स्तरका नेताले चाहना राखेको भए क्रिकेट खेलाडीहरुका लागि अभ्यास गर्ने ठाउ निर्माण गर्न सक्ने बताउदै रिवन काटेर खेलको उदघाटन गरेका थिए ।
फेटा गाउपालिका वडा नम्बर २ का क्रिकेट खेलाडीहरुको सहभागिता हुने आयोजक कमिटिले जनाएको छ । जेपिएल (जगतपुर प्रीमियर लिग)को खेल तिन दिन फेटा गाउपालिका वडा नम्बर १ भलुहीको खेल मैदानमा चल्ने आयोजक टिमका राजन कुर्मीले बताउनु भयो । कार्यक्रममा फेटा गाउपालिका वडा नम्बर १ इकाई अध्यक्ष मोहन दास, युवा जनमत संघ फेटा गाउपालिका अध्यक्ष शेषनाथ यादव, स्थानीय समाजसेवी दिपक दास, छोटेलाल कुश्वाहा, जितेन्द्र दास लगायतको सहभागिता रहेको थियो ।