बेलायती राजदूतले जानकी मन्दिरमा मनाए आफ्नो २२औँ वैवाहिक वर्षगाँठ

बेलायती राजदूतले जानकी मन्दिरमा मनाए आफ्नो २२औँ वैवाहिक वर्षगाँठ
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ पुष १३, शनिबार १३:०५
बेलायती राजदूतले जानकी मन्दिरमा मनाए आफ्नो २२औँ वैवाहिक वर्षगाँठ

जनकपुरधाम । नेपालकालागि बेलायती राजदुत रब फेन र उनको पत्नी जुलिया फेनले जनकपुरधामको जानकी मन्दिरमा आफ्नो २२औँ वैवाहिक वर्षगाँठ मनाएका छन् । नेपाल सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाईरहेको समयमा बेलायती राजदूत फेनले आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिरमा आएर मनाउनुलाई महत्वका साथ हेरिएको छ ।

राजदूत फेनकी पत्नी जुलिया भने जानकी मन्दिरमा मैथिल महिलाको पहिरनमा पुगेकी थिइन् । उनले रातो साडी र चुनरी लगाएकी थिइन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासलाई साथमा लिएर फेन दम्पतीले जानकी मन्दिरमा दर्शन समेत गरेका छन् । फेनले पत्नी जुलियालाई सो अवसरमा अँगुठी लगाइ दिएका थिए ।