भरूवा बन्दुक सहित पक्राउ

भरूवा बन्दुक सहित पक्राउ
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ १०, बिहीबार १५:४३
भरूवा बन्दुक सहित पक्राउ

सर्लाही । ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोबिन्द बस्नेतलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी फुलजोर र घारी सव डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।