नेताहरूको भासण, भासण मै सिमित, रोजगारीका लागि सिलाइ कटाइ तालिम केन्द्रको उदघाटन : युवा नेता उमेश दुबे

नेताहरूको भासण, भासण मै सिमित, रोजगारीका लागि सिलाइ कटाइ तालिम केन्द्रको उदघाटन : युवा नेता उमेश दुबे
देबेन्द्र यादव देबेन्द्र यादव २०८२ मंसिर २५, बिहीबार २१:५४
नेताहरूको भासण, भासण मै सिमित, रोजगारीका लागि सिलाइ कटाइ तालिम केन्द्रको उदघाटन : युवा नेता उमेश दुबे

बारा, २५ मंसिर / स्थानीय तह लगायत तीन तहकै निर्वाचनको समयमा रोजगारी दिने वाचा गर्दै निर्वाचित हुने जनप्रतिनिधिहरूको भासण, भासण मै सिमित रहेको समयमा महिलाको साथी सखी संस्थाले सिलाइ कटाइ तालिम केन्द्रको आयोजना गरेको छ । फेटा गाउपालिका वडा नम्बर १ त्रिवेणिमा अयोजना गरिएको सिलाइ कटाइ तालिमको उदघाटन गर्दै युवा नेता उमेश दुबेले नेताहरूको भासण, भासण मै सिमित रहेको समयमा सखी संस्थाले गरेको कार्य सराहनीय रहेको बताएका छन ।

फेटा गाउपालिका अध्यक्ष पदको भावी उम्मेदवार समेत रहेका युवा नेता उमेश दुबेले रोजगारी दिने नेताहरू मात्र प्रलोभन देखाएर निर्वाचित हुने गरेको अवस्थामा आफ्नै घरमा बसेर रोजगारी गर्न सक्ने अवसर जुटाइ दिएकोमा संस्था प्रति धन्यवाद दिदै स्थानीय महिला तथा बालिकालाइ सो अवसर नछुटाउन आग्रह गरे । उनले आफ्नै घरबाट रोजगारी गर्न सक्ने भन्दै महिला तथा बालबालिकालाइ सीप मुलक कार्यक्रममा सहभागी भइ मौकाको फाइदा उठाउन आग्रह गरेका थिए ।

सिलाइ कटाइ तालिम केन्द्र उदघाटन कार्यक्रममा सहभागी भएका बिशिस्ट अतिथि प्रेम साहले स्थानीय सरकारले गर्नुपर्ने कार्य सखी संस्थाले गरेको प्रती उत्साहित भएको बताए । उनका अनुसार बिगत ३ बर्षदेखि फेटा गाउपालिका वडा नम्बर १ को ६ वटै टोलहरूमा स्थानीय सरकारले गर्नुपर्ने कार्य सखी संस्थाले गरेर देखाएको बताए । सीप मुलक कार्यक्रम अन्तर्गत घरमै बसेर रोजगारीको शृजना हुन सक्ने भएकोले महिलाहरू तथा अध्यन गरेर घरमा बसिरहेका बालिकाहरू सीप मुलक कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

नयाँ स्थापना गरिएको केन्द्रमा आठ वटा सिलाइ मेसिन राखी २७ जना किशोरीलाई तालिम दिने योजना रहेको सखी संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले जानकारी दिइन् । उनले घरमै बसिरहेका किशोरीहरूलाई सीपसँग जोडेर उनीहरूलाई आत्मनिर्भर बनाउनु तथा बालविवाहबाट जोगाउनु परियोजनाको मुख्य उद्देश्य रहेको बताइन् ।

उद्घाटन समारोह सखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि गोपिचन महतो, बिशिस्ट अतिथि उमेश दुबे, अतिथिहरू प्रेम शाह, मुन्ना दास, मोहन दास, योगेश दास, दीपक दास, हिरालाल दास लगायतका सहभागी वक्ताहरूले आ-आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

बालविवाह रोकथामका लागि सखी संस्थाले विद्यालय जाने किशोरीहरूका लागि ट्युसन कक्षा, कम्प्युटर कक्षा, कराते प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यिनै गतिविधिलाई थप विस्तार गर्दै विद्यालय छोडेर घरमै बसेका किशोरीहरूलाई समेत सीपमूलक तालिममार्फत सशक्त बनाउने उद्देश्यले सिलाइ-कटाइ तालिम केन्द्र सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।