जनमतका केन्द्रिय सदस्य दुबेले फिता काटेर गरे दुर्गा भवानीको शुभारम्भ

जनमतका केन्द्रिय सदस्य दुबेले फिता काटेर गरे दुर्गा भवानीको शुभारम्भ
देबेन्द्र यादव देबेन्द्र यादव २०८२ आश्विन ६, सोमबार २१:१०
जनमतका केन्द्रिय सदस्य दुबेले फिता काटेर गरे दुर्गा भवानीको शुभारम्भ

वीरगंज ६ असोज ।
नेपालीहरुको महान चाड वडादशैं सोमबारबाट सुरु भएको छ ।
दशैंको पहिलो दिन नौदुर्गा माताको पहिलो दिन शैलपुत्री देवीको पूजाअराधना गरिएको छ । सोही क्रममा बाराको फेटा गाउँपालिका वडा नम्बर ४ चिलझपटीमा दुर्गा पुजा समितिले दुर्गा भवानी बनाएर पुजापाठ सुरु गरेको छ ।
फेटा–४ चिलझपटी स्थित दुर्गा पुजा समितिले दुर्गा भवानी पुजाको क्रममा आज जलयात्रामाको शुभारम्भमा जनमत पार्टीका केन्द्रिय सदस्य युवा नेता उमेश दुबेले फिता काटेर पुजा शुभाारम्भ गर्नु भएको छ ।
फेटा गाउँपालिका अध्यक्षको भावी उम्मेदवार समेत रहेका नेता उमेश दुबेले हिन्दूधर्मावलम्बी र नेपालीहरुको महान चाड सभ्य एवं भव्य रुपमा मनाउन आग्रह गर्दै आफुबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
सो अवसरमा दुर्गा पुजा समितीका अध्यक्ष रबिन्द्र पडित, उपाध्यक्ष महेश राउत, सचिव उमेश पडित लगायत जनमत पार्टी फेटा गाउपालिका युवा कमिटीका अध्यक्ष शेसनाथ यादव, नेता प्रेम साह, वडा कमिटी अध्यक्ष मोहन दास, पत्रकार शर्मा बैठा लगायत सयौंको उपस्थित रहेको थियो ।