देशभरका स्थानीय तहलाई अस्पतालको अवस्थाबारे पत्राचार गर्न निर्देशन

देशभरका स्थानीय तहलाई अस्पतालको अवस्थाबारे पत्राचार गर्न निर्देशन
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ माघ ८, मंगलवार १८:००
देशभरका स्थानीय तहलाई अस्पतालको अवस्थाबारे पत्राचार गर्न निर्देशन

काठमाडौँ । देशभरका सबै स्थानीय तहसँग पालिकामा रहेका अस्पतालको अवस्थासहितको विवरण ७ दिनभित्रमा पठाउन भनिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पालिकामा रहेका अस्पातलको अवस्था र ती अस्पतालबारे सरकारले लिएको नीतिसहितको विवरण ७ दिनभित्र पठाउन भनिएको हो । समितिको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर अस्पतालको विवरण उपब्ध गराउन भनिएको हो ।

अछामका सिद्धप्रसाद ढुङ्गानाले अछामको कमलबजार नगरपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि सम्झौता भई कार्य प्रारम्भ भए पनि हालसम्म सम्पन्न नभएकोले निर्माण सम्पन्नताको लागि आवश्यक पहल हुन भनी दिएको निवेदनको सम्बन्धमा समितिअन्तर्गत गठित निवेदन छानबिन, अध्ययन तथा सुझाव उपसमितिको बैठकले देशभरका सबै अस्पतालको विवरण माग्ने निर्णय गरेको हो ।