मटियार्वा नाकाबाट खुलेयाम तस्करी हुँदै

मटियार्वा नाकाबाट खुलेयाम तस्करी हुँदै
देबेन्द्र यादव देबेन्द्र यादव २०८१ मंसिर १, शनिबार ०९:५६
मटियार्वा नाकाबाट खुलेयाम तस्करी हुँदै

वीरगंज । राजश्व संकलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी संगठन पनि हो । जसले शान्ति सुरक्षा कायम गर्नुको साथै गैर अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने गर्दछ । अर्थात सिमानाकाबाट तस्करी गरि राजश्व छल्ने अबैध कारोबारलाई नियन्त्रण गरि राज्यको राज्श्व संकलनमा पनि टेवा पुर्याउछ ।
सरकारको आम्दनीले साधारण खर्चै नधानिने, कर्मचारीले तलबै नपाउने अवस्था आउने त हैन भन्ने आशंका गरिराखिएको बेला आमदनीको प्रमुख स्रोत राजश्व संकलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी सङगठनका केही जिम्मेवार प्रहरीले राज्यले उठाउने दिनहुको लाखौ राजश्व छली गर्ने अबैध कारोबारलाई छुट दिएको पाईएको छ ।
सीमानाकाबाट हुने चोरी तस्करी जस्ता अबैध कारोबारलाई नियन्त्रण गरि राजश्व संकलनमा बढोत्तरी गर्न नेपाल सरकारले सीमानाकाको ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर त्यही प्रहरीहरुले अबैध आयात गर्ने व्यापारीहरुको साँटगाँठमा तस्करीलाई तिब्रता दिएको पाईएको हो ।
खासगरि भारतसंग जोडिएको बाराको ग्रामिण मटिअर्वा नाकाबाट प्रहरी डिउटी मा खटिने ती प्रहरीको सेटिङ्गमा यतिबे्ला तस्करी गर्ने व्यापारीहरुलाई अबैध आयात गर्न भ्याईनभ्याई छ । बाराको अन्य नाकामा पनि तस्करहरुको रजगज नरहेको भन्ने पक्कै पनि होईन । तर सशस्त्र प्रहरी बल मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरिक्षक डिएुसपी र प्रहरी चौकी मटियार्वाका सई को मिलोमतो छ / छैन छैन भन्ने यो प्रभाकर साह , बिरेन्द्र पास्वान र बिनोद नामुध तस्कर हुन्न इनिहरु को तस्करी रुकछ रुक्दैन हेर्न बाकि छ ।
तस्करले डिउटी मा खटिएका प्रहरी लाई नगद र हप्ता बुझाएर कप्डा , हार्डवेर, किराना सामान र हुन्डी लगायतका प्रतिवन्धित सामानहरु चिनी ,प्याज तस्करी गर्ने गरेको बताईन्छ । इन्चार्ज ले अलि अलि घरेलु समान छोर्दिनु उस्को फाईदा उठाउँदै सशस्त्र र नेपाल प्रहरी डिउटी ती तस्करसंग आर्थिक सेटिङ्गमा तस्करी गर्न छुट दिएका प्रहरी स्रोतको दाबी छ । यो नामुध तस्कर प्रभाकर साह, बिरेन्द्र पास्वन, बिनोद ई तस्कर ले धरमनगर,सिश्हनिया, प्रसौनीमा चिनी लयाएर गोदाम मा राखी नेपालि बोरामा राखेर पिक्कप मा लोर्ड गरेर विभिन्न ठाउँ मा लेइजाने गरेको श्रोत को दाबी छ।। तस्करी रोक्लान त सशस्त्र का डिएस्पी र नेपाल प्रहरी का सई हेर्न बाकी छ।