सशस्त्र प्रहरी बल पर्सा गुल्म बिरगंजद्वारा १२ लाखको भन्सार छलीका सामान बरामद।

सशस्त्र प्रहरी बल पर्सा गुल्म बिरगंजद्वारा १२ लाखको भन्सार छलीका सामान बरामद।
हुलाक पाना हुलाक पाना २०८१ आश्विन २३, बुधबार २०:४०
सशस्त्र प्रहरी बल पर्सा गुल्म बिरगंजद्वारा १२ लाखको भन्सार छलीका  सामान बरामद।

बिरगंज
सशस्त्र प्रहरी बल पर्सा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले रु.१२ लाख ८ हजार १ सय ७६ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

असोज २२ गते गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमान्डमा बि.म.न.पा-१६ भन्सार मेनगेट लगायत बिभिन्न सीमानाकाहरुबाट अबैध रुपमा ना २ ह ४७८५ नम्बरको अटो तथा अन्य बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ८ लाख ५८ हजार १ सय ७६ बराबरको कपडा, किराना सामान, मोटरपार्टस, खेलौना, कस्मेटिक तथा विभिन्न औषधिहरु बरामद गरेको छ।

बरामद गरेको सामान तथा ३ लाख ५० हजारको अटोलाई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् ।