आईजीपी कुँवर ‘अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी

आईजीपी कुँवर ‘अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी
हुलाक पाना हुलाक पाना २०८१ आश्विन १२, शनिबार ०९:०९
आईजीपी कुँवर ‘अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर ग्रीसको एथेन्समा आयोजनामा भएको ३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी भएका छन् ।मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएको सो कन्फरेन्समा आईजीपी कुँवर सहभागी भएका हुन् ।
साथै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्य पनि सहभागी थिए । उनीहरु दुवैजना असोज ७ गते ग्रीस प्रस्थान गरेका थिए ।यता आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालीरहेका छन् ।