डाक्टर क्लब एण्ड जिमद्वारा रक्तदान कार्यक्रम सम्पन्न

डाक्टर क्लब एण्ड जिमद्वारा रक्तदान कार्यक्रम सम्पन्न
हुलाक पाना हुलाक पाना २०८१ भाद्र २९, शनिबार २२:४१
डाक्टर क्लब एण्ड जिमद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भदौ २९ सनिबार
वीरगंज । वीरगंजको अमरचौकस्थित डाक्टर क्लब एण्ड जिमद्वारा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
डाक्टर क्लब एण्ड जिम तथा सानो दीप संस्थाको सन्युक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा बिशाल चौधरी, आदित्य सर्राफ, बिकेश राउत कुर्मी,सन्दिप कुमार यादब जफर आलम सहित २२ जनाले रक्तदान गरेका छन् ।
डाक्टर क्लब एण्ड जिम वीरगंजका अध्यक्ष डा. जफर आलमको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सानो दीप संस्थाका अध्यक्ष कृष पटेल, ससस्त्र प्रहरी बल १३ न.गण पर्साका डिएसपी नरेन्द्र धामी, वडा प्रहरी कार्यालय बिर्ताका इन्स्पेक्टर निरोज चौलागाई, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति मोहमद सहाबुदिन , वीरगंज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत प्रसाद कानु लगायतको सहभागिता रहेको थियो ।