मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
हुलाक पाना हुलाक पाना २०८१ भाद्र १६, आईतवार ०९:५४
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

धनगढी । धनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनकाअनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।